देउवालाई अजयबाबुको प्रश्न : बालकृष्ण खाँण रोज्ने कि सरकार ?
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवालाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण रोज्ने कि सरकार भनेर प्रश्न गरेका छन् । तीनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले भने– ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू, हाम्रो द्विविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’
भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने उनले बताए । ‘सरकार र साथीमध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने । यस्तै उनले सुशासनको हिमायती कांग्रेसका कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न नसक्ने बताए । ‘बरु बाघले खाए खाओस् तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सकिँदैन र हुँदैन पनि,’ उनले भने, ‘भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाड्दिनुपर्छ। यस्तै प्रकरणमा व्यक्ति स्वयम् जवाफदेही हुनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण