बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अवैध सुन प्रकरण

भारतीय नागरिकको फ्ल्याटमा राजस्वको छापा

बिहीबार, ०४ साउन २०८०, २२ : ०९
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । हङकङबाट अवैध रुपमा ल्याइएको सुन तस्करीमा पक्राउ गरिएका भारतीय नागरिकको फ्ल्याटमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

भारतीय नागरिक थाप्तेन छिरिङ बस्ने पानिपोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । पुरानो दिल्ली घरका ५३ वर्षीय थाप्तेन छिरिङ पानी पोखरीस्थित सो हाउजिङमा बस्दै आएका थिए ।

छिरिङलाई विभागको टोलीले बुधवार राति नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सशस्त्र प्रहरीको सहयोगमा हाउजिङमा छापा मारेर त्यहाँ भेटिएको कागजात जफत गरिएको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप