अवैध सुन प्रकरण
भारतीय नागरिकको फ्ल्याटमा राजस्वको छापा
बिहीबार, ०४ साउन २०८०, २२ : ०९
काठमाडौँ । हङकङबाट अवैध रुपमा ल्याइएको सुन तस्करीमा पक्राउ गरिएका भारतीय नागरिकको फ्ल्याटमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
भारतीय नागरिक थाप्तेन छिरिङ बस्ने पानिपोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । पुरानो दिल्ली घरका ५३ वर्षीय थाप्तेन छिरिङ पानी पोखरीस्थित सो हाउजिङमा बस्दै आएका थिए ।
छिरिङलाई विभागको टोलीले बुधवार राति नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सशस्त्र प्रहरीको सहयोगमा हाउजिङमा छापा मारेर त्यहाँ भेटिएको कागजात जफत गरिएको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण