ललिता निवास प्रकरणमा १७ जनालाई पक्राउ गर्न बाटो खुल्यो
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ । शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेसँगै उनीहरुलाई पक्राउ गर्ने बाटो खुलेको हो ।
ललिता निवास प्रकरणमा पक्राउ नगर्न भन्दै कलाधर देउजा लगायतका १७ जनाले सर्वोच्च अदालतको एक न्यायाधीशको इजलासबाट अन्तरिम आदेश लिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट अन्तरिम आदेश लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिए ।
सोही आदेशविरुद्ध सिआइबी भ्याकेट निवेदन लिएर सर्वोचच पुगेको थियो । सिआइबीको निवेदनमा सवोच्चले रिट जारी गर्दै पहिलेको अन्तरिम आदेश खारेज गरिदिएको हो ।
बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश खारेजको माग गर्दै दायर भएको सबै रिटलाई लगाउमा राखी सर्वोच्चले सुनुवाइ गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले लगातार ६ दिनको सुनुवाइपछि सञ्चारसचिव कृष्णबहादुर राउतको हकमा थुनाबाहिर गर्न आदेश दिएपनि अन्य आरोपितको हकमा थुनामै राख्न अनुमति दिएको छ । त्यसैगरी इजलासले पहिलेको अन्तरिम आदेश खारेज गर्दै उनीहरुलाई पक्राउ गर्ने बाटोसमेत खुलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण