नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड वितरण कार्यक्रममा बोल्दै मन्त्री डा.आईक्यानसँग सहकार्य गर्ने बताएका हुन् ।
महतले भने, ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ ।’ यस्तै, जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण रहेको महतको भनाई छ ।
आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा.महतले बताए । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै महतले भने, ‘नयाँ कार्यसमितिले संस्थालाई अझ एक स्टेप लैजानु हुनेछ भन्ने मलाई विश्वास छ । पुरस्कृत विभिन्न संघसंस्था पनि हार्दिक बधाई दिन चाहन्छु ।’
वित्तीय क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण योगदान पुर्याइरहेको मन्त्री डा.महतले बताए । चार्टर्ड एकाउन्टेन्ट बन्न धेरै कठिन रहेपनि नेपालमा ठूलो संख्यामा युवाहरु लागिरहेको भन्दै उनले २२ सय रजिष्टर चार्टर्ड एकाउन्टेन्ट र ७ हजार अडिटर रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण