केनलाई भित्र्याउन तेस्रो अफर राख्दै बायर्न

म्युनिख । जर्मन च्याम्पियन बायर्न म्युनिखले टोटनहम हटस्पर्सका स्ट्राइकर ह्यारी केनलाई भित्र्याउने तेस्रो अफर प्रस्तुत गर्ने तयारी गरेको छ । स्पर्सले यसअघि बायर्नका दुई अफरहरू अस्वीकार गरिसकेको छ ।
नर्थ लण्डन क्लबले केनको मूल्य १० करोड पाउन्ड राखेको छ । केन र स्पर्सबीच अब एक वर्षको करारमात्र बाँकी छ । करार थप गर्नका लागि क्लबले केनलाई मनाउने प्रयास जारी रहेको छ । यद्यपि, इंग्ल्याण्डका फरवार्ड भने क्लबसँग करार नवीकरण नगर्ने मुडमा पुगिसकेको बताइएको छ ।
स्पर्सका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले यो विषय चाँडै नै समाधान हुने आशा व्यक्त गरेका छन् । उनले यो अन्योललाई लम्ब्याउनु क्लब र खेलाडी दुवैका लागि राम्रो नहुने जिकिर गरे । सन् २००९ मा स्पर्सको सिनियर टोलीमा डेब्यू गरेका २९ वर्षीय खेलाडीले क्लबका लागि ३१७ खेलमा २१३ गोल गरेका छन् । उनले इंग्ल्याण्डका लागि ८४ खेलमा ५८ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
-
दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन
-
देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’