केनलाई भित्र्याउन तेस्रो अफर राख्दै बायर्न
म्युनिख । जर्मन च्याम्पियन बायर्न म्युनिखले टोटनहम हटस्पर्सका स्ट्राइकर ह्यारी केनलाई भित्र्याउने तेस्रो अफर प्रस्तुत गर्ने तयारी गरेको छ । स्पर्सले यसअघि बायर्नका दुई अफरहरू अस्वीकार गरिसकेको छ ।
नर्थ लण्डन क्लबले केनको मूल्य १० करोड पाउन्ड राखेको छ । केन र स्पर्सबीच अब एक वर्षको करारमात्र बाँकी छ । करार थप गर्नका लागि क्लबले केनलाई मनाउने प्रयास जारी रहेको छ । यद्यपि, इंग्ल्याण्डका फरवार्ड भने क्लबसँग करार नवीकरण नगर्ने मुडमा पुगिसकेको बताइएको छ ।
स्पर्सका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले यो विषय चाँडै नै समाधान हुने आशा व्यक्त गरेका छन् । उनले यो अन्योललाई लम्ब्याउनु क्लब र खेलाडी दुवैका लागि राम्रो नहुने जिकिर गरे । सन् २००९ मा स्पर्सको सिनियर टोलीमा डेब्यू गरेका २९ वर्षीय खेलाडीले क्लबका लागि ३१७ खेलमा २१३ गोल गरेका छन् । उनले इंग्ल्याण्डका लागि ८४ खेलमा ५८ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण