ठगीको शिकार भए विवेक ओबेरोय
नयाँ दिल्ली । बलिउड अभिनेता विवेक ओबेरोयसँग १.५५ करोड भारतीय रुपैयाँ बराबरको ठगी भएको छ। अभिनेताले आफ्ना एकाउन्टेन्ट देवेन बाफनामार्फत आफ्नै व्यावसायिक साझेदार सञ्जय शाह, नन्दिता शाह र राधिका नन्दविरुद्ध ठगी मुद्दा दायर गरेका हुन् ।
चलचित्र निर्माण र कार्यक्रम आयोजना गर्ने कम्पनीमा लगानी गर्ने नाममा आफ्ना तीनजना पार्टनरले आफूबाट १ करोड ५५ लाख रुपैयाँ लिएको तर आफ्नो व्यक्तिगत प्रयोजनमा लगानी गरेको अभिनेताले आरोप लगाएका छन् । अहिले मुम्बईको एमआईडीसी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
बुधवार अभिनेता सीए देवेनले अंधेरी पूर्वको एमआईडीसी पुलिस स्टेशनमा तीनजना विरुद्ध मुद्दा दायर गरे। देवेनका अनुसार विवेकको परिवारले २०१७ मा ओबेरोय अर्गानिक्स नामको कम्पनी खोलेको थियो । यसले धेरै राम्रो काम नगरेकोले विविके फर्ममा साझेदारको रूपमा पहिलो तीन जना (जसलाई अहिले आरोप लगाइएको छ) ल्याउने निर्णय गरे।
यसपछि विवेकले यो व्यवसायलाई विघटन गरी आनन्दिता इन्टरटेनमेन्टको नामबाट इभेन्ट व्यवसायमा परिणत गरे । यो सम्झौता दुई पक्षबीच जुलाई २०२० मा भएको थियो।
रिपोर्टका अनुसार, अभिनेताले केहि समय अघि आफ्नो ३३.३३ प्रतिशत सेयर ओबेरोय मेगा इन्टरटेनमेन्टमा हस्तान्तरण गरेका थिए, जुन उनको आफ्नै कम्पनी हो। यो संयुक्त उद्यमको दैनिक काम सञ्जय शाह र राधिका नन्दले सम्हाल्ने गरेको बताइएको छ।
एमआईडीसी प्रहरी कार्यालयले आफ्नो विज्ञप्तिमा भनेको छ –‘ओबेरोयले सन् २०२२ को अप्रिलमा एक कर्मचारीमार्फत उक्त कम्पनीमा भइरहेको ठगीको बारेमा थाहा पाएका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण