लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव
सिरहा । सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुगे । तर अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उनी निजी क्लिनिकमा महङ्गो शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य भए ।
अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।
खोप अभावमा यहाँका गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । प्रतिडोज रु पाँच सय पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।
प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.सुनिलकुमार कुहवाहाले बताए । “दैनिक औतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन, आफैँले खरिद गर्न मिल्दैन ।
हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ”, कुशवाहाले भने । प्रदेशबाट छिट्टै खोप प्राप्त हुने आश्वासन पाएको समेत बताए ।
अस्पतालका अनुसार रेविजविरुद्धको खोप लगाउने विरामीको सङ्ख्या हाल दुई सयभन्दा बढी छ । “लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज मात्रै लागाएको छ”, उनले भने, “छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।”
कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकाइका कारण दैनिक औसतमा ५० जना अस्पताल उपचारका लागि आउने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
-
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण