महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
- उनले निर्वाचनबाट आउने परिणामलाई स्वीकार्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउन सबैलाई एकताबद्ध भएर अघि बढ्न प्रेरित गरे।
- लामिछानेले रास्वपा मार्फत नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
महाधिवेशनअघि शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाइतर्फ लैजान सक्ने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गरेका हुन्।
उनले निर्वाचनबाट जस्तो परिणाम आए पनि रास्वपाका सबै नेता तथा कार्यकर्ताहरू एउटा जिम्मेवार नागरिकको रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे। सभापति लामिछानेले अहिलेसम्म आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकोप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि पार्टीलाई अझ समृद्ध पार्ने जिम्मेवारीका साथ एकताबद्ध भएर अघि बढ्ने धारणा राखे।
आफ्नो जिन्दगीको अनेक भोगाइ र उतारचढावका बीच पछिल्लो चार वर्षमा भएका कामहरूको व्याख्या र वर्णन गर्न आवश्यक नरहेको भन्दै उनले पारदर्शी रूपमा आफूहरू आम नागरिकको सार्वजनिक परीक्षणमा रहेको बताए।
उनले अहिले रास्वपाको जिम्मेवारी हिजोको भन्दा धेरै महत्वपूर्ण रहेको समेत उल्लेख गरे। रास्वपाका माध्यमबाट नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पूरा गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्ने उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण