वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
सारांश
- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका मध्ये सन्तोषले ग्रिस, हेमन्तले क्रोएसिया, सुक देवले सर्विया, मनिषले युके, रामले युएई, अमृतले अजरबैजान र मिरले युके पठाइदिन्छु भन्दै ठगी गरेका थिए।
- पीडितहरूको उजुरीका आधारमा प्रहरीले खोजी गर्ने क्रममा सातै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१६ बस्ने अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौँ महानगरपालिका–३ बस्ने दाङका २९ वर्षीय हेमन्त केसी, काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ बस्ने सुनसरीका ४२ वर्षीय सुक देव राई र सोही नगरपालिका–३ बस्ने सुनसरीकै ३४ वर्षीय मनिष पोदार रहेका छन्।
यसैगरी काठमाडौँ महानगरपालिका–१६ बस्ने रूपन्देहीका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौँ टोखा बस्ने कास्कीका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौँ महानगरपालिका–२६ बस्ने रौतहटका ३५ वर्षीय मिर इसलामाना पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३० हजार रूपैयाँ र सुक देवले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख रूपैयाँ ठगी गरेका थिए।
यस्तै मनिषले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, रामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र मिरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ६३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले खोजी गर्ने क्रममा सन्तोष र हेमन्तलाई काठमाडौँ महानगरपालिका–१२ बाट बुधबार तथा सुक देवलाई बुढानिलकण्ठ नगरपालिका–११ बाट बिहीबार पक्राउ गरेको हो।
बाँकी आरोपीहरू मनिषलाई काठमाडौँ महानगरपालिका–१२ बाट, रामलाई काठमाडौँ महानगरपालिका–१६ बाट, अमृतलाई काठमाडौँ टोखाबाट र मिरलाई काठमाडौँ महानगरपालिका–२६ बाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण