धरान घटना : युवकको हत्या गरेर मोबाइल र सिक्री लुटपाट
काठमाडौँ । साउन ५ मा धरान–इटहरी सडक खण्ड स्थित सेउती पुल नजिक रोहित चौधरीमाथि गोली प्रहार भयो । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा बिपी प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
लुटपाट गर्ने उद्देश्यले चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गोली प्रहारपछि रोहितले लगाएको सुनको सिक्री र मोबाइल लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए । लुटपाट गर्ने उद्देश्यले रोहितको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । केही शङ्कास्पदलाई नियन्त्रणमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ । तमोर–धरान हुँदै इटहरी तर्फ झर्दै गरेका रोहितलाई सुटरले सेउती पुल नजिकै गोली हानेर लुटेका थिए । घटनाको अनुसन्धान गर्न सुनसरीबाट डिएसपी राजकुमार राई नेतृत्वको टिमलाई धरान पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण