सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

धुलिखेलमा जनमतको प्रशिक्षण सुरु

आइतबार, ०७ साउन २०८०, १३ : १४
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । धुलिखेलको एक रिसोर्टमा जनमत पार्टीको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । संघीय तथा प्रदेशका सांसदहरूलाई प्रशिक्षण दिइने जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले रातोपाटीलाई जानकारी दिए ।

मिसन २०८४ लाई मध्यनजर गर्दै जनमतले देशभर प्रशिक्षणका कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टी केही समयअघि वडास्तरीय प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो ।  त्यस्तै साउन ५ गते जिल्ला इन्चार्जहरूको प्रशिक्षण सम्पन्न गरेको थियो । आजबाट सुरु भएको जनमत पार्टीका संघीय / प्रदेश सांसदको प्रशिक्षण दुई दिनसम्म चल्नेछन् । प्रशिक्षण पार्टीकै शीर्ष नेताले दिने प्रवक्ता यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप