महिला विश्वकप : स्विडेनले दक्षिण अफ्रिकालाई हरायो
आइतबार, ०७ साउन २०८०, १३ : २२
काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको छ । जितसँगै स्विडेन समूह ‘जी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । उक्त खेलमा तीनवटै गोल दोस्रो हाफमा भएको थियो ।
खेलमा सुरुआती अग्रता भने दक्षिण अफ्रिकाले लिएको थियो । ४८औं मिनेटमा दक्षिण अफ्रिकाका लागि हिल्दा मगाइयाले गोल गरेकी थिइन् । तर, दक्षिण अफ्रिकाले लामो समयसम्म त्यो अग्रतालाई जोगाउन सकेन् ।
खेलको ६५औं मिनेटमा स्विडनकी फिर्दोलिनाले जवाफी गोल गरिन् । खेल प्रतिस्पर्धात्मक रुपमा अगाडि बढिरहँदा अन्तिम समयमा स्विडेनका लागि अमान्डा इलेस्टेडले अर्को गोल थपेकी थिइन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण