मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांग्रिलाद्वारा महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग

सोमबार, ०८ साउन २०८०, ०९ : २५
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । केन्द्र नेपाली महिलाहरूमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले वि.सं. २०४० मा स्थापना भएको संस्था हो । 

सो संस्थाले महिला वर्गलाई विभिन्न सीपमूलक तालिम पनि प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो । केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप