महामन्त्रीलाई उपसभापतिको सुझाव : सभापति कहाँ नबोलाए पनि जाऔँ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरुले सभापति कहाँ नबोलाए पनि जानुपर्ने बताएका छन् । सोमबारको बैठकमा उपसभापति खड्काले महामन्त्री सभापतिको सल्लाहकार पद भएको बताए ।
महामन्त्रीहरूले बोलाएका बेला सभापति कहाँ जाने गरेको बताएको भन्दै खड्काले नबोलाएका बेला पनि जानुपर्ने बताए । ‘महामन्त्रीजीहरूले बोल्ने बेला भन्नुभयो – सभापतिले बोलाएका बेलामा हामी जाने गरेका छौं । मेरो यसमा थप सुझाव छ । बोलाएका बेला मात्र होइन कि महामन्त्रीको जिम्मेवारी र पद सभापति र संस्थाको लागि कार्यकारी सल्लाहकार पद पनि हो,’ खड्काले भने।
सभापति र महामन्त्रीका बीचमा संवाद बाक्लो भए राम्रो हुने पनि उनले बताए । पार्टीमा प्रस्तुत कार्यक्रम महामन्त्री र सभापतिको सल्लाहपछि आएको उनको भनाइ थियो । ‘महामन्त्री गगन थापाले राखेका प्रस्ताव उपलब्ध पदाधिकारीको छलफलबाटै तय भएको जानकारी गराउन चाहन्छु,’ उपसभापति खड्काले भने, ‘हाम्रो पार्टीको बैठक सभापतिजीले नबोलाएकै कारण ढिला भएको हो भन्ने कुरा पनि गलत हो ।’
सभापतिले सल्लाहमै बैठक सारेको भन्दै बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि सभापतिले छलफलबाटै लिएको खड्काको भनाइ थियो ।
खड्काले पार्टीमा गुट अन्त्य नहुने भन्दै विचार समूह वा गुटलाई नर्कान नसकिने बताए । ‘पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिले काहीँ नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,’ उनले भने ।
उनले पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको बताए । उनले आएका गुनासाहरू सभापतिले आफ्नो तहबाट र पदाधिकारीहरूले आफ्नो तहबाट सुधार गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण