बैंकको निक्षेप ५६ खर्बमाथि, लगानी खुम्चिँदा ५ खर्ब बढी तरलता थुप्रियो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार जुलाई २१ सम्ममा बैङ्कहरूको निक्षेपले झण्डै साढे ५६ खर्ब नाघेको हो ।
बैंकको ब्याजदर वृद्धिसँगै लगानी जोखिमले निक्षेपकर्ताहरु बचतमा केन्द्रित हुँदा बैङ्कहरूको निक्षेप बढ्न पुगेको हो । यस अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप ४९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थाहरूको निक्षेप ६ खर्ब ७४ अर्ब रुपैयाँ हाराहारी रहेको छ ।
यता बैङ्कहरूको कर्जा लगानी भने अनपेक्षित रूपमा खुम्चिन पुगेको छ । केन्द्रीय बैंकका अनुसार साउन ५ गते शुक्रबारसम्ममा ४८ खर्ब ५६ अर्ब रुपैयाँ रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
८३.१० प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुले यस अवधिमा ५ खर्ब बढी तरलता आफैसँग राखेको देखिन्छ । यसले बैंकमा पैसा थुप्रिने तर लगानी नहुँदा उत्पादन वृद्धि नहुने खतरा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण