सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
मङ्गलबार, ०९ साउन २०८०, १४ : ५३
जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
सोमबार राती खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी सिंहले बताए ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
-
पहिलो हाफ सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
फिफा विश्वकप २०२६ सुरु: मेक्सिकोलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण