माओवादी पदाधिकारीकाे बैठक सकियो, ४ बजे पुनः बस्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने गरी सकिएको छ । बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।
आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।
पार्टी बैठक व्यवस्थित रुपमा बस्नका लागि एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको उपाध्यायले बताए । ‘पार्टीका एजेण्डाहरु के के हुने हुन् ? बैठकलाई व्यवस्थित गर्न के के गर्न सकिन्छ भन्ने विषयमा समग्र रुपमा छलफल गर्न बैठक बोलाएको हो । अहिलेलाई बैठक सकियो बेलुका ४ बजे फेरी बस्ने छ’ उनले भने ।
आजको पदाधिकारी बैठक कार्यबहाक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । पार्टी पदाधिकारी बैठक सकिएलगत्तै संगठन विभागको बैठक साढे १२ बजेदेखि बस्ने भएको छ । केन्द्रीय समिति बैठकलाई लक्षित गरेर संगठन विभागको बैठक बस्न लागेको हो । संगठन विभाग प्रमुख जनार्दन शर्मा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण