‘आरआरआर’ को दोस्रो संस्करणका लागि काम सुरु
मुम्बई । ओस्कार विजेता चलचित्र ‘आरआरआर’ को दोस्रो संस्करणको स्क्रिप्टमाथि काम सुरु भएको छ । यसको कथा अफ्रिकामा आधारित हुन सक्ने बताइएको छ ।
यसको जानकारी चलचित्रका लेखक तथा निर्देशक एसएस राजामौलीका पिता विजयेन्द्र प्रसादले दिएका हुन् । आफूले चलचित्रको स्क्रिप्ट लेखिरहेको र त्यो पुरा गरेपछि राजामौलीसँग साझा गर्ने उनको भनाई छ ।
सबै कुरा भनेअनुसार अघि बढे सन् २०२५ मा चलचित्रको प्रि–प्रोडक्सन सुरु हुनेछ । अहिले राजामौली महेश बाबूसँग ‘एसएसएमबी २९’ चलचित्रमा जुटेका छन् ।
बलिउड हङ्गामासँग कुराकानी गर्दै विजयेन्द्रले भने, ‘यसको दोस्रो संस्करण बन्न पनि सक्छ, न बन्न पनि सक्छ । २०२२ मा चलचित्र रिलिज भएपछि मैले यसको सिक्वेलको योजना छोरासँग साझा गरेको थिएँ । चलचित्रको कथा अफ्रिकामा आधारित रहेको छ । यो सीता राम राजू (रामचरण) र कोमाराम भीम (एनटीआर जूनियर) सँग पहिलो संस्करणको अन्त्य भएको ठाउँबाट सुरु हुनेछ ।’
राजामौलीलाई पनि यो योजना मन परेको र उनले यसको स्क्रिप्टमा काम गर्न भनेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण