मन्त्री लिम्बूद्वारा एशियाड अभ्यासको निरीक्षण
काठमाडौँ । १९ औं एशियाली खेलकुदको आयोजना मिति नजिकिँदै गर्दा नेपालले आफ्नो खेलाडीको तयारीलाई तीव्रता दिइरहेको छ ।
चीनको हाङझाउ सहरमा हुने १९औं एशियाली खेलकुद सुरु हुन अब ५८ दिन मात्र बाँकी छ । करिब दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्ना खेलाडीलाई विदेश र स्वदेशमा प्रशिक्षण गराउँदै आइरहेको छ ।
यसपटक नेपालले सहभागी गराउने २९ खेलमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई पदक सम्भावनामा रहेको भन्दै पहिलो प्राथमिकतामा राखेर तयारी थालेको छ । साथै खेलकुदका कार्यकारी निकायले पनि खेलाडीको प्रशिक्षण र तयारीबारे निरीक्षणमा पनि तीव्रता दिइरहेका छन् ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एशियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गरेका छन् । हाल पौडी, बक्सिङ, तेक्वान्दो, कुस्ती, टेबलटेनिस, गल्फ, क्यानोइङ र फेन्सिङ गरी ९ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । स्वदेशमा प्रशिक्षण गरिरहेका खेलाडीको तयारी बारे खेलकुदका कार्यकारी निकायले निरीक्षण गर्दै आएका हुन् ।
बिहीबार मन्त्री लिम्बू र राखेप सदस्यसचिव घिसिङले विभिन्न स्थानमा अभ्यास गरिरहेका एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गरेका थिए । चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ ।
सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसँग सम्बन्धित विविध पक्षबारे जानकारी लिएका थिए । असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण