डेंगुले महामारीको रूप लिने खतरा
काठमाडौ । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ ।
जनवरीमा ६ जना डेंगुका बिरामी देखिएकोमा डेंगुका बिरामीको संख्या जुन महिनामा ६ सय ६७ र जुलाईमा मात्र १ हजार ८ सय ६२ जना पुगेको थियो । त्यसै गरी काठमाडौंबाट नजिकै रहेको धादिङ जिल्ला यतिबेला डेंगु संक्रमणको हिसाबले दोस्रो जिल्लाका रूपमा रहेको छ । धादिङ जनवरीमा २ जनामा डेंगु देखिएकोमा जुलाई २४ सम्म पुग्दा डेंगु संक्रमितको संख्या ४ सय १ पुगिसकेको छ ।
डेंगुको उच्च संक्रमण रहेका १० जिल्लामा सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौं, संखुवासभा, म्याग्दी, कन्चनपुर, रूपन्देही र मोरङ रहेका छन् । जसमा काठमाडौं पाँचौं स्थानमा रहेको छ ।
प्रदेश स्तरमा कोशीमा २ हजार ७ सय ५४, वागमतीमा ६ सय ६७ जना, गण्डकीमा ३ सय ५४ जना, सुदूरपश्चिममा ३ सय १६ जना, लुम्बिनीमा १ सय ६६ जना, मधेस प्रदेशमा २२ जना र कर्णालीमा २० जना डेंगुका संक्रमित भएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय