आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल्टी विवाद चर्किएपछि सुरेश अधिकारीले मागे माफी

शुक्रबार, १२ साउन २०८०, २३ : १४
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । रेडियोहरुसँग रहेको रोयल्टी विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै क्षमायाचना गरेका हुन् ।

‘गत श्रावण १ गते मेरो फेसबुक वालमा पोष्ट गरेको सङ्गीत रोयल्टीको विषयमा गलत धारणा बनाइरहेका केहि रेडियो सम्बद्ध सघसंस्थाका नेतृत्वसँग विमति राख्ने क्रममा उल्लेख भएका आम आलोचनात्मक शब्दहरु र आवेगवश प्रस्तुत खरो भाषा मैले कोही कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने वा कुनै व्यक्ती प्रति समाजमा घृणा र द्वेष फैलाउने उद्देश्यले व्यक्त गरेका धारणा हैनन् । कोही कसै व्यक्ति वा संस्थालाई तोकेर आरोप लाञ्छना वा आलोचना पनि मैले गरेको छैन’ उनले अगाडि लखेका छन् ‘त्यो त एउटा स्रष्टाको रुपमा सङ्गीत रोयल्टी प्रति उहाँहरूका गलत धारणा र कार्य शैली प्रतीकाे आक्रोश मात्रै हो ।’ उनी थप्छन्, ‘मेरो शैली र मबाट व्यक्त भएका शब्दहरुले कोही कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म सम्बन्धित सबैमा विनम्रता पूर्वक क्षमा याचना गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप