रोयल्टी विवाद चर्किएपछि सुरेश अधिकारीले मागे माफी
काठमाडौँ । रेडियोहरुसँग रहेको रोयल्टी विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै क्षमायाचना गरेका हुन् ।
‘गत श्रावण १ गते मेरो फेसबुक वालमा पोष्ट गरेको सङ्गीत रोयल्टीको विषयमा गलत धारणा बनाइरहेका केहि रेडियो सम्बद्ध सघसंस्थाका नेतृत्वसँग विमति राख्ने क्रममा उल्लेख भएका आम आलोचनात्मक शब्दहरु र आवेगवश प्रस्तुत खरो भाषा मैले कोही कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने वा कुनै व्यक्ती प्रति समाजमा घृणा र द्वेष फैलाउने उद्देश्यले व्यक्त गरेका धारणा हैनन् । कोही कसै व्यक्ति वा संस्थालाई तोकेर आरोप लाञ्छना वा आलोचना पनि मैले गरेको छैन’ उनले अगाडि लखेका छन् ‘त्यो त एउटा स्रष्टाको रुपमा सङ्गीत रोयल्टी प्रति उहाँहरूका गलत धारणा र कार्य शैली प्रतीकाे आक्रोश मात्रै हो ।’ उनी थप्छन्, ‘मेरो शैली र मबाट व्यक्त भएका शब्दहरुले कोही कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म सम्बन्धित सबैमा विनम्रता पूर्वक क्षमा याचना गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण