काठमाडौँ महानगरमा माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ । शुक्रबार महानगरपालिकाका मेयर बालेन शाहले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध गरिएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसको कार्यान्वयनका लागि हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान चाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन । यसर्थ, अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध गर्दछु ।'
मेयर शाले यस अभियानमा नागरिक सहभागिता, उपभोक्ता, विक्रेता तथा सबैबाट सहयोग चाहिएको बताए । यस्तै उनले बजार जाँदा कागज वा कपडाको झोला बोकेर जान सर्वसाधारण नागरिकलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-
श्रीलंकाको पाँचदिने भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए
-
साझा देश, असमान अनुभूति
-
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)
-
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त, उपनिर्वाचन अनिश्चित
-
शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण