कविता
म नै हुँ
शनिबार, १३ साउन २०८०, ११ : ११
म नै हुँ
तिम्रा हजुरबालाई
विद्यालय आउन रोक्ने
तिम्रा बालाई
तिमीले पढेर काम छैन भन्ने
म नै हुँ
तिमीलाई विद्यालयमा
विभेद गर्ने
समाजमा
सामाजिक दूरी कायम गराउने
रोक्दा रोक्दै पनि
तिमी रोकिएनौं
हो, म नै हुँ
तिमीलाई कार्यालयको
प्रमुख हुन रोक्ने
राष्ट्रप्रमुख हुन रोक्ने
म
तिम्रा छोराछोरीलाई नि रोक्छु
तिम्रा नाति नातिनालाई नि रोक्छु
किनभने
म नै हुँ
तिमी पैतलाबाट जन्मेको
हल्ला चलाउने
विश्वास नगर्नेलाई
चार डाँडा कटाउने
जात व्यवस्था लदाउने
शोषण गर्ने
हो, म नै हुँ
अन्तरजातीय विवाह गर्ने
जोडीको घर जलाउने
लखेटी लखेटी ज्यान लिने
बद्नाम गराउने
आत्महत्या प्रमाणित गर्ने
हो म नै हुँ, म नै हुँ
त्यो मान्छे
जसले तिमीलाई
रोकिरहन्छु जहाँतहीँ ।
लालबन्दी–४, हरिभवन, सर्लाही
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण