ईश्वर कहाँ छैन ?
तिमी सोध्छौ,
ईश्वर कहाँ छ ?
म भन्छु
सुन्ने कानमा छ
हेर्ने आँखामा छ
धड्किरहने मुटुको
हर धड्कनमा छ
नदेखिने यी कण कणमा छ ।
भन,
ईश्वर कहाँ छैन ?
दूध पिलाउने शिशुको
आमाको स्नेहमा छ
नव मण्डलमा पाइने
समस्त जीवमा छ
नील गगनमा उदाउने
तारा पुञ्जमा छ
प्रभातसँगै झुल्किने
अरुणोदयमा छ ।
भन,
ईश्वर कहाँ छैन ?
मगमग भई फुलिरहने
फूलको परागमा छ,
नदी किनारमा पौडिरहने
पत्थरको स्पर्शमा छ
बतासिएर झुलिरहने
वृक्षको तरङ्गमा छ
बताससँगै गुनगुनाइ रहने
लतिफाका ती पातहरुमा छ ।
भन,
ईश्वर कहाँ छैन ?
चहराइ रहेको मान्छेको
घाउहरुमा छ
आवाज विहीनहरुको
आवाजमा छ
पीडितहरुको क्रन्दनमा छ ।
भन,
ईश्वर कहाँ छैन ?
दृष्टि तिम्रो भ्रम हुँदा
उ कहीँ पनि देखिदैन
तिम्रो हेर्ने दृष्टि फेरिदा
जताततै उ नै उ छ
भन त अब,
ईश्वर कहाँ छैन ?
बकैया–८, मकवानपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण