आज आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग पछि गरौँला : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सङ्लिने र तङ्ग्रिने बेला भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौँ ९ काे (क) प्रदेशको सम्मेलनमा महामन्त्री थापाले भने, "नेपाली कांग्रेस सङ्लिने र तङ्ग्रिने बेला पनि हो । आज आफैँले आफैँसँग प्रतिस्पर्धा हुनु बेला हो। अरूसँग पछि प्रतिस्पर्धा गरौँला ।"
सम्मेलनपछि क र ख काे प्रदेश सभापतिहरूलाई महामन्त्री शर्माले पार्टीको सदस्यता र विभाग गठन विस्तारमा प्रतिस्पर्धा गर्न निर्देशन दिए ।
कांग्रेस मिसन ८४ भन्दै अहिले नै घोषणा गर्ने हतारोमा नरहेको उनको भनाइ थियो । ८४ मा चुनावमा मात्र हुने भएकाले अहिले कांग्रेसकाे मिसन काम भएको महामन्त्री शर्माले बताए । "बाह्रै मास चुनावकाे चिन्ता गरेर देश बन्दैन । राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ । चुनावको चिन्ता गर्दैन । हामी आजको काम गरौँ । कांग्रेसले गरेका कामको प्रचार गरौँ," उनले भने।
महामन्त्री अगाडि भने, "हाम्रो काम कांग्रेस बनाउने मात्र होइन । समाज बनाउने कुरा हो ।" देशमा सबै ठिक ठाक नभए पनि केही बनेको छैन भन्ने कुरा पनि सत्य नभएको महामन्त्री शर्माले बताए ।
यस्तै महामन्त्री शर्माले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा गर्न युवा पुस्ता अगाडि बढेको बताए । तर,कांग्रेसका प्रतिस्पर्धा पार्टीका युवा नेताहरू कुनामा बसेर दुनोमा खाने अवस्था रहेको उनेका भनाइ छ।
प्रदेश सभापति मोहनकुमार बस्नेतले कांग्रेसलाई व्यवस्थित बनाउन नसकिएको बताए । ‘कांग्रेसले भाेटर बढाउन सक्ने भनेको नेविसंघ र श्रमिक वर्गबाट हो । यसमा पार्टीले ध्यान दिनुपर्छ ," उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण