वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छन् । आज विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकी हुन् ।
उनले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ सम्बद्ध पक्षको ध्यानार्कषण गराइन् । “बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनु पर्दछ”, शुभकामना सन्देशमा उल्लेख छ ।
पूर्वराष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्त्वपूर्ण भएको भन्दै संरक्षणका उचित उपाय अवलम्बन गर्न र त्यसलाई निरन्तरता दिन आह्वान गरेकी छन् ।
नेपालले लक्ष्यभन्दा बढी बाघको सङ्ख्या वृद्धि गरी हाल तीन सय ५५ पुर्याउन सफल भएको जनाउँदै उनले बाघको संरक्षणमा सम्बद्ध सबैलाई थप प्रेरणाका लागि शुभकामनासमेत व्यक्त गरेकी छन् ।
“विश्वका १३ देशमा मात्र पाइने पाटेबाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गर्नु गौरवको विषय हो”, शुभकामना सन्देशमा उनले भनेकी छन्, “यस अवसरमा म वन्यजन्तु संरक्षणसँग सम्बद्ध निकाय, सङ्घसंस्था, समुदाय र संरक्षणकर्मीलाई हार्दिक बधाई दिन चाहन्छु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण