राष्ट्रपतिको उपचार खर्चसम्बन्धी रिट न्यायाधीश सिन्हाको इजलासमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च राज्यले बेहोर्ने सन्दभएमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो । सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो ।
उक्त रिटको पेसी आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा (न) नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
राष्ट्रपति उपचारका लागि भारत गएसँगै नेपालमा त्यसको व्यापक बिरोध भएपछि राष्ट्रपति पौडेलको सचिवालयले राष्ट्रपतिको उपचारखर्च व्यक्तिगतरुपमा राष्ट्रपति आफैंले बेहोर्न चाहेको विज्ञप्ति जारी गरेको थियो । तर आफैंले बेहोर्नै भनेको ५५ लाख रुपैयाँ भुक्तानीका लागि निवेदन दिएसँगै सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । त्यसको लागि ५५ लाख रुपैयाँ निकासा गर्न अर्थ
मन्त्रालयमा पत्र पुगेपछि रकम निकासा नगर्न र मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
-
स्वास्थ्य मन्त्रीले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण