संसदीय समितिमा सभापति चयन नगरे बैठकमा सहभागी नहुने योगेश भट्टराईको चेतावनी
आइतबार, १४ साउन २०८०, १४ : १२
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदीय समिति सभापतिका लागि प्रतिपक्षी दलले कुनै भागवण्डा नमागेको बतएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसदीय समितिमा सभापति चयन नगरे एमाले समितिका बैठकमा सहभागी नहुने बताए ।
उनले सरकारले सत्तागठबन्धन भित्रको भागवण्डा मिलाउन नसकेर प्रतिपक्षी दललाई देखाएर सभापति चयनमा ढिलाई गरिरहेको अरोप लगाए ।
सांसद भट्टराईले समिति गठन भएको ३ महिनासम्म पनि समिति सभापति चयन हुन नसक्नु दुःखद रहेको बताउँदै सरकारले अबिलम्ब सभापति चयन गर्न जोड दिए ।
यस्तै उनले विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण