जतिसुकै षड्यन्त्र गरेपनि भ्रष्टाचारविरुद्धको फाइल रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड
आइतबार, १४ साउन २०८०, १४ : २३
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार राजधानीमा भएको समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले असफल बनाउन जति षड्यन्त्र गरेपनि कुनै हालतमा भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने जिकिर गरे ।
‘भ्रष्टाचारविरुद्ध जिहाद छेडिएको छ । यो राजनीति ‘स्टन्ट’को कुरा होइन । आगामी दिनमा हेर्दै जानुहोला अन्य फाइल खोलिनेवाला छ’, उनले भने, ‘ग्राउण्डमा तपाइँहरूको समर्थन व्यापक आवश्यक छ । यो ‘ब्याटल’ हो, हामीले जित्नै पर्छ ।’
समाजवादी मोर्चा र गठबन्धन सरकार भत्काउन विभिन्न षड्यन्त्र भएपनि त्यसलाई असफल बनाउन मोर्चा दृढ रहेको उनले विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण