नयाँ प्रधानन्यायाधीशबारे छलफल गर्न मंगलबार ४ बजे संवैधानिक परिषदको बैठक बस्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन् । उपसभामुख इन्दिरा रानाले मंगलबार अपराह्न चार बजे बैठक बस्नेगरी खवर आएको बताइन् । ‘मंगलबार बेलुका ४ बजे बैठक बस्ने खवर आएको छ’, उपसभामुख रानाले भनिन्, ‘एजेण्डा खुलाइएको छैन । ’
बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदैछ ।
न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा सर्वोच्च अदालतमा उमेर हदका कारण कुनै न्यायाधीश अवकाशमा गई न्यायाधीशको पद रिक्त रहने अवस्था भएमा रिक्त हुने समयभन्दा एक महिना अगावै सिफारिस गर्ने कानुनी व्यवस्था छ । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा ‘नियुक्तिका लागि सिफारिस गर्ने अवधि’ बारे उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँगको भेटवार्तामा संवैधानिक परिषदको बैठक बोलाउनेबारे छलफल गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण