मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिको सभापति चयन नभए अर्को बैठकमा आउँदैनौँ : सचिव भट्टराई

आइतबार, १४ साउन २०८०, १८ : ३३
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नआउने बताएका छन् । 

आइतबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराईले समिति बनेको तीन महिना पूरा हुँदा समेत सभापति चयन नभएको भन्दै चाँडो चयन गर्न माग गरेका हुन् । उनले संसदीय समिति २०८० वैशाख १५ गते बनेको र सामान्यतया समिति निर्माण भएको एक महिनाभित्र समितिले नेतृत्व पाइसक्नुपर्ने भएपनि सत्ता गठबन्धनका कारण नेतृत्व पाउन नसकेको बताए । 

सचिव भट्टराईले सत्तारुढ गठबन्धनको बार्गेनिङलाई लिएर प्रमुख प्रतिपक्षका कारण समिति नेतृत्व चयन हुन नसकेको भन्ने आरोप लगाइएको भन्दै त्यसको खण्डन गरे । उनले ३ महिनासम्म पनि सभापति चयन हुन नसक्नु सरकारको कमजोरी भएको भन्दै कमजोरीको भारी प्रमुख प्रतिपक्षले बोक्न नचाहेको बताए । उनले संसदीय प्रक्रियाबाट जाँदा हरेक समितिमा सत्तारुढ गठबन्धनको बहुमत हुने भएकाले संसदीय प्रक्रियाबाट भएपनि समितिलाई नेतृत्व दिनुपर्ने माग गरे ।

सांसद भट्टराईले सभापति विहीन भएर समिति स्थायी कार्यसूचीमा जान नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप