सुन तस्करी प्रकरण : एमालेले आजको संसद् बैठक पनि अवरोध गर्ने
काठमाडौँ । नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरे पनि सरकारले त्यसमा चासो नदेखाएकाले सोमबार बस्ने प्रतिनिधि सभा बैठक चल्न नसक्ने एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए ।
‘सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठनमा अहिलेसम्म चासो दिएको छैन । त्यसैले आजको बैठक पनि चल्न सक्ने देखिँदैन’, प्रमुख सचेतक गिरीले भने, ‘सरकारले माफी माग्दै जाने हामी दिँदै जाने कुराले हुँदैन ।’
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भेटेर संसद्को अवरोध हटाउन भूमिका खेल्न आग्रह गरेका छन् ।
सोमबार बिहान परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा संसद्को अवरोध हटाउन र संसदीय समितिको सभापति चयनबारे कुराकानी भएको परियारले बताए ।
‘संसद्को अवरोध हट्नुपर्ने र संसदीय समिति सभापति चयनलगायतका विषयमा कुराकानी भयो । मैले समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ’, परियारले रातोपाटीसँग भने । प्रधानमन्त्रीसँगको भेटमा टीआरसी विधेयकका विषयमा समेत सामान्य कुराकानी भएको परियारको भनाइ छ । परियार कानुन, न्याय तथा मानव अधिकार समितिको सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण