माओवादी पदाधिकारी बैठक : केन्द्रीय समिति लाइभदेखि मंसिरमा विधान अधिवेशनसम्म
काठमाडौँ । सुन तस्कर दावा छिरिङसँग माओवादी केन्द्रका नेताहरु सँगै बसेको तस्बिर सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा यसबारे चर्चा भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सुन तस्करीमा मुछिएका दावा छिरिङसँग माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, ओनसरी घर्ती र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन समेत सँगै बसेको तस्बिर सार्वजनिक भएपछि माओवादी बैठकमा चर्चा भएको हो ।
बैठकमा नेताहरुले तस्बिरबारे प्रश्न गरेपछि प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि चासो राख्दै नेताहरुलाई तस्बिर खिच्दा ख्यान गर्न सुझाव दिएका छन् । ‘विभिन्न मान्छेहरूसँग भेटघाट हुन्छ । तर, उनीहरूसँग भेटघाट गर्दा, तस्बिर खिचाउँदा ख्याल गर्नुहोला,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेको कुरा उदृत गर्दै एक नेताले भने, ‘अहिले त्यही तस्बिरलाई लिएर अहिले अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार हुँदैछ ।’ तर प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने पुनः प्रतिबद्धता जनाएका छन् ।
नेता पुनले भने ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले आफूसँग जोडेर गरिएको भन्दै आपत्ति जनाएका छन् । यस्तै बैठकले साउन १७ बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
सचिव शर्माका अनुसार बैठक पाँच दिनसम्म चलाउने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ । यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक पनि लाइभ गरेको थियो । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकअघि स्थायी बैठक बस्नेछ । उक्त बैठकले नेताहरुको कार्यविभाजनको खाका तयार गर्ने छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने पदाधिकारी बैठकमा जानकारी गराएका छन् ।
साथै उक्त बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेसपासँगको पार्टी एकताबारे समेत छलफल हुनेछ । डा.भट्टराईको पार्टीले पार्टी एकताका लागि नौ बुँदे प्रस्ताव माओवादीलाई पठाइसकेको छ । तर नेसपाले पठाएको प्रस्ताव सबै पुरा गर्न नसकिने संकेत माओवादीले दिएकाले डा.भट्टराईले पछिल्लो समय एकताप्रति खासै रुची देखाएका छैनन् ।
भट्टराईको अरुचीका बीच पनि अन्य नेता एकताको पक्षमा देखिएपछि डा.भट्टराई बाहेकका नेता माओवादीमा समाहित हुने सम्भावना रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण