जुम्लामा जथाभावी औषधि पसल सञ्चालनमा
जुम्ला । सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका आठ मेडिकलमा छापा हानेको बताए ।
उक्त मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएको प्रजिअ घिमिरेले जानकारी दिए । डाक्टरको सिफारिसविनै जथाभावी औषधि वितरण गर्दा बिरामीको ज्यानै जानसक्ने जोखिम हुने भएकाले कानुनी प्रक्रिया पूरा गरी मेडिकल सञ्चालन गर्न निर्देशन दिइएको छ ।
यहाँका कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको शिव मेडिकल हल, रावत मेडिकल हल, ओम मनिष पोलिक्लिनिक तथा रेफरल सेन्टर, चन्दननाथ औषधि पसल, बुढ्थापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक र रामारोशन दाँत उपचार केन्द्रमा जिल्लास्तरीय सरोकारवालाको टोलीले अनुगमन गरेको प्रजिअ घिमिरेले बताए ।
दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिसमेत बिक्री गर्ने गरेको जनगुनासो आएपछि पहिलो पटक सदरमुकामका मेडिकलमा अनुगमन गरिएको छ । स्थानीय तहमा सञ्चालन भएका सबै मेडिकलमा समेत अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले औषधि पसलको नियमित अनुगमन गर्न आवश्यक रहेको जानकारी दिए । सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अवैध औषधि पसल खोलेका छन् ।
औषधि पसलले गर्भपतन सेवादेखि खोप सेवासमेत अनुमतिविनै चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत हुने भएकाले प्रशासनले विशेष प्रथामिकतामा राखेर काम गर्नुपर्ने नागरिक समाजका अध्यक्ष महतको भनाइ छ । सदरमुकाममा झन्डै ३२ मेडिकल सञ्चालनमा छन् । सोमध्ये १५ मेडिकल अनुमति नलिइ सञ्चालनमा आएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण