सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले हरेक बिहीबार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा रु ५०० सम्म छुट पाउन सक्नेछन् । यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिख पश्चात् नयाँ कार्ड प्राप्त गर्नुहुने ग्राहकहरूले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप रु १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन् ।
दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथली स्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैकिङ्ग अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरूलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे । सो अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनहरूमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्दै जाने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण