लम्पी स्किनबाट मधेशमा दुई हजार बढि पशु मरे
महेन्द्रनगर । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो ।
जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार बढि गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरियो । मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी एक हजार एक सय १८ पशु मरेका छन् भने पर्सामा सबैभन्दा कम दुई वटा मरेका छन् ।
लम्पी स्किनका कारण सबैभन्दा बढी गाई÷गोरु मरेका छन् । मरेका दुई हजार २५ पशुमध्ये भैँसी÷राँगा मात्र छ वटा छन् र दुई हजार १९ वटा गाई÷गोरु रहेका छन् । मधेस प्रदेशका आठवटै जिल्लामा हालसम्म ४५ हजार आठ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाइ सकिएको पशु अधिकृत चिकित्सक डा.रञ्जितकुमार अधिकारीले बताए ।
अझै सप्तरी, सिरहा, महोत्तरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबैभन्दा बढी १२ हजार तीन सय २५ पशुलाई खोप लगाइएको छ । सोमबार रोग विरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ÷आठ हजारको दरले कूल ६४ हजार खोप पठाएको जानकारी दिए ।
मन्त्री न्यौपानेका अनुसार यस्ता महामारीको दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्नेछ । स्थानीय सरकारले रोग विरुद्वको खोप आफ्नो पहलमा लगाइरहेको भए पनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण