मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर बाँडफाँड
मङ्गलबार, १६ साउन २०८०, १० : २७
काठमाडौँ । आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा गएकाहरूका लागि र स्थानीयवासीको लागि आईपीओ बिक्री खुलाएको थियो ।
साधारण सेयरको बिक्री प्रबन्धक बीओके क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ८ लाख कित्ता सेयर स्थानीयबासीलाई छुट्टाएको थियो । यस्तै, वैदेशिक रोजगारीमा जाने जानेलाई २ लाख कित्ता सेयर छुटाइएको थियो ।
यसमध्ये स्थानीयवासीले १ लाख ८३ हजार ३८० कित्ता सेयर आवेदन गरेका थिए । यस्तै, वैदेशिक रोजगारीमा गएकालाई छुट्ट्याइएको सेयरमा भने आवेदनभन्दा धेरैको माग परेको छ । २ लाख सेयर छुटाइएकोमा ६ लाख २६ हजार कित्ताभन्दा धेरैको आवेदन परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण