कोशी प्रदेश : सभामुखलाई राजीनामा गराउनु अमर्यादित खेल : एमाले
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन् । ‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ । तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन,’ उनले भने, ‘केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्छ । एमालेले त्यो काम गर्छ ।’
कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिए । ‘कांग्रेस र एमाले मिलेर मुलुकुको राजनीतिक संकमण जस्तो अवस्था छ, अन्योलको अवस्था छ, यसबाट बाहिर निकाल्न सक्नुपर्छ,’ उनले भने, ‘तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा देखिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण