शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
ऋणको तालिका

आर्थिक वर्षभित्र २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाइने, पहिलो त्रैमासमा नै ५५ अर्बको लक्ष्य

मङ्गलबार, १६ साउन २०८०, १३ : ४६
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष भित्र कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । साउन १ गतेदेखि असार मसान्तसम्म गरी चार वटा त्रैमासमा उठाइने ऋणको तालिका केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको छ । 

तालिका अनुसार पहिलो त्रैमास (साउन, भदौ, असोज) मा नै ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने केन्द्रीय बैंकले जनाएको छ । 

यस्तै, दोस्रो त्रैमास (कात्तिक, मंसिर, पुस)मा पनि ५५ अर्ब रुपैयाँ उठाइने बताएको केन्द्रीय बैंकले तेस्रो (माघ,फागुन,चैत)मा ५३ अर्ब रुपैयाँ र अन्तिम त्रैमास (वैशाख, जेठ र असार)मा ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बैंकले जनाएको छ । 

कुन बण्डबाट कति उठाइनेछ ?

केन्द्रीय बैंकका अनुसार कूल आन्तरिक ऋण मध्ये, ट्रेजरी बिलमार्फत २२.९ प्रतिशत अर्थात् ५५ अर्ब रुपैयाँ उठाइनेछ । जसका लागि २८ दिने ट्रेजरीमा १० अर्ब रुपैयाँ, ९१ दिने ट्रेजरीमा २३ अर्ब रुपैयाँ, १८२ दिने ट्रेजरीमा १७ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरीमा ५ अर्ब रुपैयाँ उठाइने केन्द्रीय बैंकले जनाएको छ । 

यस्तै, विकास ऋणपत्रमार्फत आर्थिक वर्षभित्र कूल १ खर्ब ७९ अर्ब रुपैयाँ उठाइनेछ । ५ वर्षे, ६ वर्षे र ८ वर्षे गरी तीन किसिममा विकास ऋणपत्र जारी गर्ने जनाएको बैंकले क्रमशः ३० अर्ब रुपैयाँ, ७४ अर्ब रुपैयाँ र ७५ अर्ब रुपैयाँ उठाइनेछ ।

यसैगरी ५ वर्षे अवधिको नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब रुपैयाँ ऋण उठाइने योजना केन्द्रीय बैंकले बनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप