विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् ।
उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् ।
सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, 'यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि 'बिना ढेउवा के'। अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।'
सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण