शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राइड सेयरिङ एप ‘सवारी’ को ब्राण्ड एम्बेस्डरमा ‘कक्रोज’

बुधबार, १७ साउन २०८०, १२ : १९
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेपाली युवाहरू मिलेर राइडिङ शेयर एप ‘सवारी’ सञ्चालनमा आएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सवारी उद्घाटन भएको छ । कम्पनीको ब्राण्ड एम्बेस्डरको रूपमा हास्य कलाकार हरिस निरौला उर्फ कक्रोज नियुक्त भएका छन् । 

हाल काठमाडौँ, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइड सेरिङ एप बनाएको भएता पनि सवारी एपले देशका विभिन्न प्रमुख सहरहरूमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने सोचका साथ सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।

सवारी एप एन्ड्रोइड फोनमा सजिलै डाउनलोड गरेर चलाउन सकिन्छ । योसँगै नेपाली राइड सेयरिङ प्ल्याटफर्ममा थप अर्को सेवा प्रदायक पनि थपिएको छ । 

कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भएता पनि ति विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको बताए । तर सवारी नितान्त नेपाली युवाहरूले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध समेत उनले गरे । 

आफू सवारीको प्रचार प्रसारको लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि दीपक आचार्य काकुले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे ।

सवारी एप प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुई जना मिलेर यो सेवा सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरूले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रूपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप