सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुद्धनगरमा जनमत पार्टीको राष्ट्रिय परिषद बैठक

बुधबार, १७ साउन २०८०, १२ : २७
बुधबार, १७ साउन २०८०

काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बसिरहेको छ । बुद्धनगरको एक पाटी प्यालेसमा परिषद्को बैठक चलिरहेको हो । मिसन ८४ अन्तर्गत बैठक बोलाएको सो पार्टीका एक नेताले बताएका छन् । बैठकमा पार्टी अध्यक्ष सिके राउतले प्रशिक्षण दिने र नेताहरुबाट राय सुझाव लिइने बताइएको छ ।

मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा छलफल तथा प्रशिक्षण चलाइरहेको छ । वडा तहदेखि प्रशिक्षण सुरु गरेको सो पार्टीले जिल्ला इन्चार्ज, प्रतिनिधिसभा तथा प्रदेशसभा, मधेश प्रदेश समितिको प्रशिक्षण सम्पन्न गरिसकेको छ । बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

केन्द्रीय समिति बैठकमा प्रशिक्षण दिनुका साथै नयाँ केन्द्रीय सदस्यहरुको परिचयात्मक कार्यक्रम हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप