बुद्धनगरमा जनमत पार्टीको राष्ट्रिय परिषद बैठक
बुधबार, १७ साउन २०८०, १२ : २७
काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बसिरहेको छ । बुद्धनगरको एक पाटी प्यालेसमा परिषद्को बैठक चलिरहेको हो । मिसन ८४ अन्तर्गत बैठक बोलाएको सो पार्टीका एक नेताले बताएका छन् । बैठकमा पार्टी अध्यक्ष सिके राउतले प्रशिक्षण दिने र नेताहरुबाट राय सुझाव लिइने बताइएको छ ।
मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा छलफल तथा प्रशिक्षण चलाइरहेको छ । वडा तहदेखि प्रशिक्षण सुरु गरेको सो पार्टीले जिल्ला इन्चार्ज, प्रतिनिधिसभा तथा प्रदेशसभा, मधेश प्रदेश समितिको प्रशिक्षण सम्पन्न गरिसकेको छ । बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
केन्द्रीय समिति बैठकमा प्रशिक्षण दिनुका साथै नयाँ केन्द्रीय सदस्यहरुको परिचयात्मक कार्यक्रम हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण