वासुदेवले बनाए टेलिफिल्म ‘कर्कले मामाको चौतारी’
काठमाडौँ । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ निर्माण भएको छ । वासुदेव पोखरेलको लेखन तथा निर्देशनमा यो बनेको हो । घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेको टेलिफिल्म साउन २४ गतेबाट ओएसआरको युट्युब मार्फत सार्वजनिक हुनेछ ।
श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा निर्देशक पोखरेलको अलावा सुशील पोखरेल, प्रज्ञा जोशी, वासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रोज्ज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दीपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, नवराज लामिछाने, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
टेलिफिल्ममा एक रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ पनि राखिएको छ । दिलीप श्रेष्ठको स्वर र अराज केशवको शब्द,सङ्गीत रहेको गीत समेत सार्वजनिक गरिएको छ । गीतमा टेलिफिल्मका कलाकार राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’को अभिनय छ । गीतमा रोहन आशिभको कोरियोग्राफी छ ।
टेलिफिल्ममा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँ बीचको प्रेम द्धन्दलाई प्रस्तुत गरिएको छ । सधैँ जमिन तिर मात्रै हेर्ने, साधारण मानिसले झैँ सीधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएको असाधारण व्यक्तित्व व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक वासुदेव पोखरेलले बताए ।
सिद्धार्थ गौतमको छायाङ्कन, क्यामुदिन मियाको सम्पादन रहेको टेलिफिल्ममा किशोर सुबेदी, विकास चौधरीको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण