सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्डको सजाय
सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार अर्थात् आज सिंगापुरको सरकारले ३९ वर्षका युवक मोहम्मद सालेह अब्दुल लतिफलाई फाँ'सी दिएको हो । उनीबाट सन् २०१९ मा ५४ ग्राम हेरोइन जफत गरिएको थियो । ब्युरोका अनुसार यो हेरोइनले ६ सय जनालाई नशामा पुर्याउन सक्छ ।
ट्रायलका बेला अब्दुल लतिफले आफूलाई हेराइनबारे कुनै जानकारी नभएको बताएका थिए । उनका अनुसार उनले साथीको उधारो तिर्न उनको सामान डेलिभर गरिदिएका थिए । उनलाई त्यो सामान हेरोइन थियो भन्ने थाहा नभएको उनले बताएका थिए । यद्यपि, अदालतले उनको कुरा मान्न अस्वीकार गर्यो । अब्दुल लतिफ ती साथीसँग त्यति धेरै नजिक नभएको र उनीमाथि त्यति सजिलै विश्वास गर्न सक्ने अवस्थामा पनि नरहेको भन्दै न्यायाधिशले उनी विरुद्ध सजाय सुनाए ।
सजाय सुनाउने बेला सिंगापुरको अदालतले अब्दुल लतिफले हेरोइन ओसारपसार गरेको बतायो । उनी कुनै ड्रग र्याकेटसँग आबद्ध नभए पनि उनलाई मृत्युदण्डको सजाय सुनाइयो । वास्तवमा सिंगापुरको कानुन अनुसार यदि कुनै पनि व्यक्तिलाई ५०० ग्रामभन्दा बढी गाँजा वा १५ ग्रामभन्दा बढी हेरोइन तस्कर गरेको पाइए उनलाई मृत्युदण्डको सजाय दिइन्छ ।
युएनसमेत थुप्रै देश सिंगापुरको यो कानुनविरुद्ध विरोध जताइसकेका छन् । यद्यपि, सिंगापुरले लागुऔषधको तस्करीलाई नियन्त्रणमा राख्नका लागि यो कडा सजायलाई आवश्यक ठान्छ । जबकी छिमेकी देश थाइल्यान्डले गाँजाको प्रयोगमा कानुनी रूपमा मन्जुरी दिएको छ ।
यस्तै सिंगापुरले यसै हप्ता एक महिला र पुरुषलाई पनि मृत्युदण्डको सजाय दिएको थियो । मृत्युदण्ड पाएकी एक महिलाबाट २०१८ मा ३१ ग्राम हेराइन जफत गरिएको थियो । उनको नाम सारीदेवी बिंते जमानी हो । सिंगापुरमा पछिल्लो २० वर्षमा पहिलो पटक कुनै महिलालाई फाँसीको सजाय दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण