पहिरोमा परेर भारतको उत्तराखण्डमा १७ जना नेपाली बेपत्ता
सुर्खेत । भारतको उत्तराखण्ड प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् । पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ ।
हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ । पहिरोमा परेर होटेल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले उल्लेख गरेको छ । उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटेलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् ।
यस्तै, पहिरोमा परी अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन् भने खुलेको छैन । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।
घाइते भएका कर्णालीका अधिकांश व्यक्तिहरू रोजगारीका लागि भारत गएका थिए । बेपत्ता भएका १९ जनामध्ये १७ जना नेपाली भएको बताइएको छ । (यसअघि समाचारको शीर्षकमा उत्तराखण्ड हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण