‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
सारांश
- अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘गंगा रानी’मा नव कलाकार रोशन केसीले वर्षाको जोडीको रूपमा अभिनय गर्ने भएका छन् ।
- फिल्मका लागि करिब ५०० भन्दा बढी आवेदकबाट अडिसन प्रक्रियामार्फत केसी छानिएका हुन् ।
- राजबहादुर सानेको निर्देशन रहने फिल्म आगामी भदौको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा छ ।
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म हो ‘गंगा रानी’ । फिल्ममा वर्षाको जोडीको रूपमा नव कलाकार रोशन केसी अनुबन्धित भएका छन् ।
राजबहादुर सानेको निर्देशन रहने फिल्मले अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित गर्दै ४ अभिनेता र ४ अभिनेत्रीका लागि अडिसन खुलाएको थियो । फिल्मका लागि आव्हान गरिएको कलाकार अडिसनबाट केसी छानिएको निर्माण युनिटले जनाएको छ । करिब ५०० भन्दा बढी आवेदकमध्ये केसी छानिएका हुन् ।
निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘अडिसनमा आएका प्रतिभामध्ये पात्रसँग मिल्ने कलाकार छनोट गरिरहेका छौं। अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ निर्देशक सानेले भने।
आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन् । सानेकै लेखन समेत रहने फिल्म आगामी भदौको दोस्रो साताबाट फ्लोरमा जाने तयारी गर्दै छ ।
आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको र सानेकै निर्देशन रहेको पछिल्लो फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण