आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ ।
अर्थमन्त्र युवराज भट्टराईले मधेश प्रदेश सरकारको आगामी आवको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुहुने मधेश प्रदेशसभाको आजको कार्यसूची छ । प्रदेश सरकारले चालु आवका लागि रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो ।
मधेस प्रदेश सरकारले आव २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणमा प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुगेको उल्लेख छ । सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइनमार्फत मधेस प्रदेशका १३६ स्थानीय तहअन्तर्गत एक हजार २७१ वडाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको छ ।
त्यस्तै, प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण