यी हुन् माओवादीका मनोनित २२ केन्द्रीय सदस्य
काठमाडौँ । नेकपा माओवादी केन्द्रले २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् ।
त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् ।
योसँगै माओवादीको केन्द्रीय समितिमा केन्द्रीय सदस्यको संख्या चार सय सात पुगेको उपाध्यायको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण