डेङ्गु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार
चितवन । भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो ।
अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ ।
प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेङ्गुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाइएको बताए ।
उनका अनुसार आकस्मिक कक्षमा एक जना डेङ्गु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ । डा कँडेलले भने, “मन्त्रालयले केही भनेको छैन, आन्तरिकरूपमा डेङ्गु रोगको उपचारका लागि तयारी गरेका हौँ ।” डेङ्गु सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उनले आग्रह गरे ।
डेङ्गु सार्ने लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर र हातखुट्टा छोप्ने गरी कपडा लगाउन र झुलभित्र सुत्न, झ्याल ढोकामा जाली लगाउन उनले आग्रह गरे ।
पानी ट्याङ्कीलाई ढाकेर राख्न र लामखुट्टे प्रवेश गर्न नदिन, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाल्न र जम्मा भएको पानी फेर्ने, घरपालुवा जनावर घरदेखि टाढा व्यवस्थित तरिकाले पाल्न उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण