मेस्सीको अटोग्राफ लिँदा जागिर चट
मियामी । सुपरस्टार लियोनेल मेस्सीको अटोग्राफ लिने एक सफाइ कर्मचारीले आफ्नो जागिरबाट हात धुनु परेको छ । तर, जागिर गुमाएकोमा क्रिस्टियन सालामान्का दुःखी भने छैनन् ।
लियोनेल मेस्सी यो सिजन इन्टर मियामी पुगेपछि एमएलएसमा ठुलो चर्चा भइरहेको छ । विश्वकै महान् फुटबल खेलाडीको आगमनले डेभिड बेकहमको फुटबल क्लबको व्यवसाय उचाइमा पुगेको छ । ३६ वर्षीय खेलाडीको एक झलक पाउन फुटबल फ्यानहरूले तँछाडमछाड गरिरहेका छन् ।
सालामान्का पहिलोपटक इन्टर मियामी पुग्दा पहिलो भेटमा नै मेस्सीको अटोग्राफ पाउने भाग्यशाली मध्येमा परे । तर, यसका लागि उनले जागिर नै गुमाउनुपर्यो ।
ला नासियोनसँग कुराकानी गर्दै उनले भने, ‘मेरो काम बसहरू पार्क गर्ने क्षेत्रको बाथरुमहरू सफा गर्ने थियो । संयोगले जब खेलाडीहरूको बस आइपुग्यो म त्यहीँ थिएँ । खेलाडीहरू बसबाट उत्रेपछि मैले कराएँ, ‘हे, विश्व च्याम्पियन’ । मेस्सीले त्यसपछि मतिर फर्किए । मैले मेरो युनिफर्म उचालेर अर्जेन्टिनाको जर्सी देखाए ।
मैले उनलाई मार्कर दिएपछि उनले मेरो जर्सीमा अटोग्राफ दिए । तत्कालै सेक्यूरिटी आएर मलाई त्यहाँबाट लगे र मलाई जागिरबाट निकाले । तर, हरेक सेकन्ड मेरो लागि बहुमूल्य थियो ।’
धेरैले सालामान्कामाथि कठोर कारबाही भइरहेको भनिरहेका छन् । तर, कोलम्बियन नागरिकलाई इन्टर मियामीको नियमबारे जानकारी थियो । क्लबका कर्मचारीहरूले व्यावसायिकता प्रदर्शन गर्नुपर्ने र खेलाडी वा अन्यसँग फोटो वा अटोग्राफका लागि दुःख दिन नहुने भनिएको छ ।
यता, मेस्सी भने सो नियमबारे अनभिज्ञ थिए । अब मेस्सीले अगस्त ६ मा एफसी डालासविरुद्ध लिग्स कपको अन्तिम १६ मा खेल्दैछन् ।
गोलडटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण